शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङका कोरोना संक्रमितमा देखियो भिन्न प्रकारको लक्षण

बिहीबार, ०४ असार २०७७, ०७ : १३
बिहीबार, ०४ असार २०७७

बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् ।

डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्या देखिएको छ ।

विशेषज्ञले भने, ‘भिन्न इलाकामा बस्ने र उनीहरुको रहन–सहनको तौर तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरुमा भिन्न प्रकारको लक्षण देखिएको छ ।’

मे महिनामा पनि डाक्टरले बिरामीको परीक्षणका बेला भिन्न प्रकारको लक्षण देखेका थिए ।

बेइजिङमा कोरोनाका नयाँ बिरामीका कारण पुनः महामारी फैलन सक्ने आशंका गरिएको छ ।

११ जून पछि बेइजिङमा कोरोनाका १३७ नयाँ संक्रमित भेटिएका छन् ।

चिनियाँ मिडियाका अनुसार कोरोना पोजेटिभ देखिएका नयाँ संक्रमितमा युवा (३०–३९ वर्ष बीच) को संख्या धेरै छ र उनीहरुमा निकै न्यून लक्षण देखिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप