बेइजिङका कोरोना संक्रमितमा देखियो भिन्न प्रकारको लक्षण
बिहीबार, ०४ असार २०७७, ०७ : १३
बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् ।
डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्या देखिएको छ ।
विशेषज्ञले भने, ‘भिन्न इलाकामा बस्ने र उनीहरुको रहन–सहनको तौर तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरुमा भिन्न प्रकारको लक्षण देखिएको छ ।’
मे महिनामा पनि डाक्टरले बिरामीको परीक्षणका बेला भिन्न प्रकारको लक्षण देखेका थिए ।
बेइजिङमा कोरोनाका नयाँ बिरामीका कारण पुनः महामारी फैलन सक्ने आशंका गरिएको छ ।
११ जून पछि बेइजिङमा कोरोनाका १३७ नयाँ संक्रमित भेटिएका छन् ।
चिनियाँ मिडियाका अनुसार कोरोना पोजेटिभ देखिएका नयाँ संक्रमितमा युवा (३०–३९ वर्ष बीच) को संख्या धेरै छ र उनीहरुमा निकै न्यून लक्षण देखिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण