यामाहाको मोटरसाइकल तथा स्कुटर किन्दा अव ०% फाइनान्स
काठमाडौं– नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा ० %फाइनान्स स्किम सुरु गरेको छ ।
‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहक माथि आर्थिक भारलाई समेत कम गर्ने अपेक्षा गरिएको छ ।
यो स्किमअन्तर्गत ग्राहकले तीन वर्ष अवधिका लागि ०% डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सकिन्छ । साथै, ग्राहकले ० %ब्याजदरमा यामाहाका दुई पांग्रे खरिद गर्न सक्नेछन् । यसका अलावा यामाहाले आफ्नो सबै उत्पादनहरुमा १० हजार रुपैयाँ नगद छुट पनि व्यवस्था गरेको छ ।
‘यो दुर्भाग्यको कुरा हो कि कोभिड १९ ले देशको अर्थतन्त्र आक्रान्त छ । आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिक माथि समेत अतिरिक्त आर्थिक भार परिरहेको छ । अहिले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको छ । यो आवश्यकतालाई ध्यानमा राखेर हामीले यो नयाँ स्किम ल्याएका हौं,’ यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले भने ।
साथै, यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवात समेत गरेको छ । यसबारे विस्तृत विवरण धधध।थबmबजब।अयm।लउ र यामाहाको सामाजिक सञ्जाल पेजमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण