जडिबुटी र फलफूलका बिरुवा बाड्दै डिभिजन बन कार्यालय लमजुङ
लमजुङ- डिभिजन बन कार्यालय लमजुङले यस बर्ष जडिबुटी र फलफूलका बिरुवा वितरणमा प्राथमिकता दिएको छ। पहिलो चरणमा अमला, सितलचिनी, लप्सी, कुरिलो, रिठ्ठा, नारेश्वर, राजबृक्ष, कोइरालो, तेजपातको बिरुवा हाल वितरण भैराखेको छ।
असार १ गते बाट सुरु गरिएको बितरण निःशुल्क रहेको डिभिजन बन कार्यालयका प्रबक्ता राजकुमार श्रेष्ठले बताए। पहिलो चरणमा बाडिएका सबै बिरुवा डिभिजन र सब डिभिजन कार्यालयकै नर्सरीमा उत्पादन गरिएको हो।
दोश्रो चरणअन्तर्गत सुन्तला, कागती, आँप, लिची, आरुबखडा, नास्पती, अम्बा, आरु, अनार, एभोकाडो रुख कटहर, केरा र निबुवा असार अन्तिम हप्तामा बितरण गरिने डिभिजन बन कार्यालय लमजुङका कार्यालय प्रमुख मोहन राज काफ्लेले बताए। उक्त बिरुवा ब्यापारी सँग किनेर किसानलाई बितरण गरिने छ। हाल खरिद प्रक्रिया अन्तर्गत टेण्डर आव्हान गरिएको छ।

डिभिजन कार्यालय लमजुङ अन्तर्गत सहजी, भोर्लेटार, भुलभुले, सुन्दरबजारमा सब डिभिजन कार्यालयहरु छन्। सब डिभिजनहरुबाट चाँप, राई खनायो, बकाइनो, धुपी, कपुर, तेजपात र गुर्जो लगायतका बिरुवा बितरण गरिएको बताइएको छ।
चार सब डिभिजन सँगै डिभिजन कार्यालयले गरि कुल एक लाख बिरुवा उत्पदन गरिएको काफ्लेले बताए। हाल बेसिसहर स्थित डिभिजन कार्यालय र सहजी स्थित सब डिभिजनबाट मात्र बिरुवा बितरण गरिएको र अन्य सब डिभिजन कार्यालयले बिरुवा सानै भएकोले असार तेस्रो हप्ताबाट बितरण गरिने बताइएको छ।
लमजुङबाट बिष्णुकान्त घिमिरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण