नागरिकताबारे नेकपाको निर्णय साम्प्रदायिक र विभेदकारी : यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकतासम्बन्धी गरेको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी रहेको टिप्पणी गरेका छन् ।
नेकपाको शनिबार बसेको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णयको तराई मधेसलगायतका ठाउँमा विरोध भइरहेको छ । संसदमा विचाराधीन नागरिकता ऐन २०६३ संशोधनका लागि बनेको विधेयकमा संसदको राज्यव्यवस्था समितिमा छलफल भइरहेको बेला नेकपाले त्यस्तो निर्णय गरेको गरेको हो ।
अध्यक्ष यादवले बुहारी र ज्वाईं बीच नागरिकताको विषयमा विभेद गर्न नहुने बताएका छन् । बुहारी विदेशी होस् वा स्वदेशी, नागरिकता जस्तो विषयमा विभेद गर्न नहुने यादवले भने, ‘नेकपाको यसखालको निर्णय सम्प्रदायको सद्भावलाई भड्काउने खालको छ ।’
जनता समाजवादी पार्टी नेपाल र काँग्रेसले नागरिकताको विषयमा हाल रहेको प्रावधानलाई यथावत राख्नु पर्ने धारणा राख्दै आएको छ । नेकपाले गरेको निर्णयबारे छलफल गर्न आज पदाधिकारीको बैठक बस्दैछ । काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि नेकपाले गरेको निर्णयलाई काँग्रेसले स्वीकार नगर्ने बताए ।
नेकपाको यो निर्णयले साम्प्रदायिकता र विभेदलाई बल पु-याउने काम गरेको बताउँदै उनले यसलाई सडक र सदनबाट विरोध गरिने बताए ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नागरिकता सम्बन्धी संसदमा विचाराधीन रहेको विधेयकबारे कुनै निर्णय लिनुभन्दा पहिले काँग्रेससँग पनि छलफल गर्ने भनेका थिए । ‘कुनै सल्लाह नगरी निर्णय गरेकोमा खेद छ,’ भन्दै निधिले सो निर्णय सच्याउन उनले माग पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण