विवादास्पद जीतसँगै ला लिगाको शीर्ष स्थानमा रियल
रियल सोसिडाडविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा रियल २–१ गोल अन्तरले विजयी बनेको हो ।
जिनेदिन जिदानको टोली र बार्सिलोनाको समान अंक भए पनि हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान कब्जा गरेको हो । शुक्रबार बार्सा सेभियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
खेलको दोस्रो हाफमा भिनिसियस जुनियरलाई फल हाने रियलले पेनाल्टी पाएको थियो जसलाई कप्तान सर्जियो रामोशले सजिलै गोलमा परिणत गरे । करिम बन्जेमाले खेलको ७० औँ मिनेटमा रियलको अग्रता दोब्बर बनाए । ८३ औँ मिनेटमा मिकेल मेरिनोले सोसिडाडका लागि गोल फर्काएपनि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो ।
यसअघि अदनान जानुजाजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई रद्द गरेपछि विवादित बनेको थियो । त्यसगत्तै बेन्जेमाले रियलका दोस्रो गोल गरेका थिए । उक्त गोलमा पनि हयान्डबलको सम्भावनालाई भीएआरले खारेज गरेको थियो ।
सन् २०१२ मा अन्तिम पटक लिग जितेको रियल अब उपाधिबाट ८ जीत टाढा रहेको छ । बार्सिलोनाले मंगलबार एथ्लेटिक बिल्बाओको आतिथ्य गर्नेछ भने बुधबार रियल र मायोर्काबीचको खेल हुनेछ ।
आइतबार राति भएका अन्य खेलमा सेल्टाभिगोले आलाभेसलाई ६–० तथा भ्यालेन्सियाले ओसासुनालाई २–० गोलअन्तरले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण