चीनमा मारिँदैछन् पाँच किलोसम्म तौल हुने यी मुसा, शक्ति बढाउन खाने गरिन्छ
कोरोनाको डरले पेन्गोलिन र अन्य दुर्लभ जनावरमाथि प्रतिबन्ध लगाएपछि चीनमा अब करिब डेढ फुट लामो ब्याम्बो र्याट्स मारिँदैछन् । चिनियाँ सरकारले देशमा जंगली जनावरको व्यापार गर्न र यसलाई खान प्रतिबन्ध लगाइदिएको छ ।
डेली मेल र द ग्लोबल टाइम्सका अनुसार कोरोनाको संक्रमण फैलाउनमा यी मुसाले सघाउ पुर्याइरहेको भन्दै देशले यस्तो कदम उठाएको हो । यहाँको हुबेई प्रान्तको एउटा फार्ममा पहिलो खेपमा १.६ टन मुसा गाडेर मारेको भिडियो सार्वजनिक भएको छ ।
ब्याम्बो र्याट्स एक विशेष प्रकारको मोटा मुसा हुन् । यहाँका जनताले यो खाँदा विशेष रुमा शक्ति बढ्ने र यसमा अत्यधिक पोषक तत्व हुने मान्यता राख्छन् । चिनियाँ चिकित्सामा पनि यसलाई अत्यधिक मात्रामा प्रयोग गरिन्छ ।
किसानबाट लिएर मुसा मारिँदैछन्ः
चीनमा महामारीको केन्द्र हुबेई प्रान्तको शियानन शहरमा हालै ९ सय ब्याम्बो र्याट्स गाडिएको छ । यी मुसालाई स्थानीय किसानले पालिरहेका थिए । मुसाबाहेक सातवटा दुम्सीलाई पनि मारियो जसको तौल १४० किलो थियो । मुसालाई मार्नुअघि संक्रमणको खतरा कम होस् भनेर यसमा लाइम पाउडर पनि छर्किइयो ।
बाँसको प्वालमा बस्छन् यी मुसाः
चिनियाँ ब्याम्बो र्याट्सलाई ‘झु सू’ को नामले पनि चिनिन्छ । यिनीहरु लामो र मोटा हुन्छन् । यिनीहरु जंगलमा भएका बाँसको प्वालमा आफ्नो घर बनाएर बस्छन् तसर्थ यिनीहरुको नाम ब्याम्बो र्याट रहन गयो । यसको तौल पाँच किलोसम्म हुन्छ । यिनीहरुको लम्बाई १७ इन्चसम्म हुन्छ ।
चिनियाँ औषधीमा हुन्छ प्रयोगः
ब्याम्बो र्याटको प्रयोग चीनको परम्परागत चिकित्सामा हुन्छ । चिकित्सा पद्धतिको मान्यता अनुसार यी मुसाको मासु खाँदा शरीरबाट विषालु तत्व बाहिर निस्कने गर्छ । चिनियाँ किसानलाई यी मुसाको व्यापार गर्दा राम्रो कमाई हुनेगर्छ तसर्थ ग्रामिण क्षेत्रमा यसलाई अत्यधिक पाल्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण