बेइजिङमा खाना डेलिभरी गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि, सुपरस्प्रेडर बनेको आशंका
बेइजिङमा कोरोनाभाइरस संक्रमणको नयाँ क्लस्टर फेला परेको बेला चर्चित खाना डेलिभरी गर्ने प्लाटफर्मका एक ‘डेलिभरी म्यान’ कोभिड–१९ पोजेटिभ पाइएपछि उनी सुपरस्प्रेडर बनेको चिन्ता व्यक्त गरिएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार थप २९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको जनाएका थिए । यसमध्ये १३ जना बेइजिङका रहेका छन् । त्यहाँ २४९ जना संक्रमितको उपचार भइरहेको छ ।
चिनियाँ स्वास्थ्य आयोगका अनुसार २९ जना संक्रमित मध्ये ७ जना लक्षणबिनाका संक्रमित रहेका छन् । सोमबारसम्म ९९ जना लक्षणबिनाका संक्रमित निगरानीमा थिए ।
मे महिनाको अन्त्यतिर संक्रमणको नयाँ क्लस्टर फेला परेसँगै अहिले लाखौँ जनताको वृहत परीक्षण भइरहेको छ । जुन ११ देखि २२ सम्मा बेइजिङमा मात्र २४९ जना नयाँ संक्रमित फेला परेका छन् ।
बेइजिङका अधिकारीहरुले संक्रमणको फैलावटलाई नियन्त्रणमा लिएको बताइरहँदा चीनको चर्चित फुड डेलिभरी प्लाटफर्म ईएलई डट मी एक डेलिभरी म्यानमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि चिन्ता थपिएको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ वर्षीय ती व्यक्तिले बेइजिङका ठूलो क्षेत्रमा गत जुन १ देखि १७ सम्म सेवा प्रदान गरेका थिए । यसमा डासिङ, फाङसान, डोङचेङ र फेङताइ जिल्ला रहेका छन् । ती व्यक्तिले एक दिनमा ५० वटा अर्डरसम्म डेलिभरी गरेका थिए ।
कम्पनीले आफ्ना सबै डेलिभरी स्टाफको कोरोना परीक्षण गरेको दाबी गरेको छ । संक्रमितको सम्पर्कमा आएका ती डेलिभरी गर्ने व्यक्तिलाई आइसोलेसनमा राखिएको छ ।
स्रोत : हिन्दुस्तान टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण