चीन र भारतको सेना विवादित सीमाबाट पछि हट्न तयार
बुधबार, १० असार २०७७, १२ : ५८
भारत र चीनको सम्बन्धमा जारी तनावबीच दुई देशका अधिकारीले मंगलबार भारतीय सेना र चिनियाँ सेनाका अधिकारी विवादित जमिनबाट पछि हट्नका लागि तयार भएको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार एक भारतीय अधिकारीले ‘दुबै पक्षमा पछि हट्नका लागि आपसी सहमति स्थापित’ भएको जानकारी दिएका छन् ।
एजेन्सीका अनुसार सोमबार ११ घण्टासम्म सीमामा चलेको बैठकमा यस्तो नतिजा सार्वजनिक भएको हो ।
यसअघि सीमामा दुबै पक्षबीच १५ जुनमा भएको झडपमा २० सैनिकको मृत्यु भएको थियो ।
त्यसपछि नै भारतमा चीन विरोधी व्यवहार देख्न पाइएको छ । भारतीय नागरिकले चिनियाँ उत्पादनको बहिष्कार गर्नेदेखि सरकारमाथि दबाब बनाउने कोसिससमेत गरिरहेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण