काँग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
कैलाली । सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक अबरुद्ध गरेको छ ।
बुधबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।
चेकजाँच बिनै क्वारेन्टिनमा बसेकालाई घर पठाउने गरेको, कोरोना संक्रमणको संवेदशीलतालाई मध्यनजर गरी काम नगरेको, कोरोना भाइरसको नाममा करोडौँ खर्च गरे पनि संक्रमण रोक्न नसकेको आरोप लगाउँदै बैठक अवरुद्ध गरिएको हो ।
पिसिआर जाँच विना घर पठाइँदा समूदायमा संक्रमणको जोखिम वढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता रणवहादुर रावलले बताए ।
उनले २०७५ सालदेखिको बजेट एकलौटी रुपमा आएको भन्दै त्यो कार्यपनि नसच्चिदासम्म संसद अवरुद्ध जारी रहने बताए ।
काँग्रेसको अवरोधपछि प्रदेश सभाको बैठक असार १२ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण