हरेक हप्ता १० लाख कोरोना संक्रमितको वृद्धिः डब्ल्यूएचओद्वारा अक्सिजनको कमीबारे चेतावनी जारी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले पत्रकार सम्मेलनमा भने, ‘थुप्रै देश अब अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेका छन् । यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ ।’
उनले भने, ‘अहिलसम्म संसारभरी ९३ लाख व्यक्ति कोरोनाद्वारा संक्रमित भइसकेका छन् र ४.८० लाखको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसैकारण प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६.२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’
संक्रमितको संख्यामा अचानक भइरहेको वृद्धिका कारण अक्सिजन कन्स्ट्रेटरको कमी भइरहेको छ जुन कोभिड–१९ सँग जुधिरहेका बिरामीका लागि आवश्यक हुन्छ ।
टेड्रोसले भने, ‘विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको छ र ती केहि हप्ताभित्र १२० देशमा पठाउने योजना छ । यसका साथै अबको ६ महिनामा १० करोड डलर मूल्य पर्ने १.७० कन्स्ट्रेटर पाइने सम्भावना रहेको छ ।’
विश्व स्वास्थ्य संगठनका आपतकालीन टिमका प्रमुख डा. माइक रियानले ल्याटिन अमेरिकी देशमा महामारी अहिले पनि उच्चस्तरमा रहेको र यो क्षेत्रमा मृत्यु हुनेको संख्या एक लाख पार गरिसकेको जानकारी दिए । थुप्रै देशमा केहि हप्तामा २५ देखि ५० प्रतिशतको वृद्धि देखिएको उनले बताए ।
माइक रियानले थपे, ‘मलाई लाग्छ अमेरिकामा अहिलेसम्म महामारीको चरम बिन्दु आइसकेको छैन र भविष्यमा यहाँ थुप्रै मानिसहरु अभै संक्रमित हुने र मृतकको संख्या पनि बढ्ने आशंका छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय