हरेक हप्ता १० लाख कोरोना संक्रमितको वृद्धिः डब्ल्यूएचओद्वारा अक्सिजनको कमीबारे चेतावनी जारी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले पत्रकार सम्मेलनमा भने, ‘थुप्रै देश अब अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेका छन् । यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ ।’
उनले भने, ‘अहिलसम्म संसारभरी ९३ लाख व्यक्ति कोरोनाद्वारा संक्रमित भइसकेका छन् र ४.८० लाखको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसैकारण प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६.२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’
संक्रमितको संख्यामा अचानक भइरहेको वृद्धिका कारण अक्सिजन कन्स्ट्रेटरको कमी भइरहेको छ जुन कोभिड–१९ सँग जुधिरहेका बिरामीका लागि आवश्यक हुन्छ ।
टेड्रोसले भने, ‘विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको छ र ती केहि हप्ताभित्र १२० देशमा पठाउने योजना छ । यसका साथै अबको ६ महिनामा १० करोड डलर मूल्य पर्ने १.७० कन्स्ट्रेटर पाइने सम्भावना रहेको छ ।’
विश्व स्वास्थ्य संगठनका आपतकालीन टिमका प्रमुख डा. माइक रियानले ल्याटिन अमेरिकी देशमा महामारी अहिले पनि उच्चस्तरमा रहेको र यो क्षेत्रमा मृत्यु हुनेको संख्या एक लाख पार गरिसकेको जानकारी दिए । थुप्रै देशमा केहि हप्तामा २५ देखि ५० प्रतिशतको वृद्धि देखिएको उनले बताए ।
माइक रियानले थपे, ‘मलाई लाग्छ अमेरिकामा अहिलेसम्म महामारीको चरम बिन्दु आइसकेको छैन र भविष्यमा यहाँ थुप्रै मानिसहरु अभै संक्रमित हुने र मृतकको संख्या पनि बढ्ने आशंका छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण