युएईबाट दुई जहाजमा ३४६ नेपाली स्वदेश फर्किए

युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेकामध्ये बिहीबार दुई जहाजमा गरी ३४६ नेपाली स्वदेश फर्किएका छन्।
फ्लाई दुबईको उडान नम्बर एफ जी (८६२७)मार्फत युएईको दुबई विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८:०० बजे एक सय ८९ जना स्वदेश फर्किएका छन्। आजै बिहान हिमालय एयरलाइन्सको उडान न एच–९ (५६७२) मार्फत पनि युएईको आबुधावीबाट एक सय ५७ जना नेपाली स्वदेश फर्केका छन्।
आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागीर गुमेका पीडितहरु छन्। उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। फ्लाई दुबईको उडानबाट नेपाल फर्कने यात्रुहरुको कोरोना परीक्षण नभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष पासाङ शेर्पाले रातोपाटीलाई बताए।आजै आबुधावीबाट हिमालय एयरलाइन्स मार्फत नेपाल फर्केका नेपालीहरुको भने विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।
उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका प्रतिनिधि विमानस्थल पुगेका थिए। साथै गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही र सदस्य सुजन सापकोटा पनि विमानस्थल पुगेका थिए।
हिजो यूएईबाट हिमालयन एयरलाइन्स उडान न एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट १ सय ५१ जना स्वदेश फर्किएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली
-
पत्रकार हुँ भनी कर्मचारीलाई धम्काएर रकम असुल्ने नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
कृषि क्षेत्रको विकासका लागि एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नुपर्छ : सांसद शाक्य
-
आर्सनलमै रहने भए ब्राजिलियन डिफेन्डर ग्याब्रियल
-
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’