अफगानिस्तानमा २५ तालिबान लडाकू मारिए
एजेन्सी । सरकारी सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृत्यु भएका सवै जना तालिबानी लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । बुधबार राति घटना भएको उनीहरुले बताएका छन् । घटना अफगानिस्तानको बाल्ख प्रान्तमा भएको हो ।
टोलो न्युजले सम्प्रेषण गरेको समाचार अनुसार बाल्ख जिल्लाको डावलाट अबाड भन्ने ठाउँमा सुरक्षाकर्मीहरुले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए । बाल्ख प्रान्तका प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फर्हादले पनि घटना र क्षतिसम्वन्धी विवरणको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ ।
स्थानीय श्रोतका अनुसार आक्रमणका क्रममा अरु चार जना आम नागरिकको पनि मृत्यु भएको छ । ती चारमध्ये एक जना महिला र एक जना बच्चा पनि रहेका छन् ।
एउटा किसानको घरलाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् । तर यस आरोपलाई प्रवक्ता फर्हादले भने अस्वीकार गरे । घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण