भारतमा ५ दिनमा बढे ८० हजार कोरोना संक्रमित
शुक्रबार, १२ असार २०७७, ०९ : ५१
भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ । यहाँ पछिल्लो पाँच दिनमा ८० हजार संक्रमितको वृद्धि भएको छ । यसमा दिल्ली, महाराष्ट्र र तमिलनाडुमा ५० हजार ७ सय १ संक्रमित भेटिएका छन् । यो संख्या ७० प्रतिशतभन्दा बढी हो । महाराष्ट्रमा पछिल्लो पाँच दिनमा १९ हजार ५ सय ३६, दिल्लीमा १७ हजार ३४ र तमिलनाडुमा १४ हजार १ सय ३१ संक्रमित भेटिएका छन् । यो आँकडा कोभिड१९इन्डिया डट ओआरजीमा आधारित छ ।
उता बिहिबार एकैदिन कोरोना संक्रमितको संख्या १८ हजार १ सय ८५ को सर्वाधिक वृद्धि भएको छ । महाराष्ट्रमा पनि सर्वाधिक ४ हजार ८ सय ४२ व्यक्तिमा संक्रमण देखियो । यहाँ हालसम्म १ लाख ४७ हजारभन्दा बढी संक्रमित छन् । महाराष्ट्रमा कोरोनाका कारण ६ हजार ९ सय ३१ को मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण