राष्ट्रिय बीमा संस्थानले काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामुहिक सावधिक जीवन बीमा गर्ने
काठमाडौं– काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामुहिक सावधिक जीवन बीमा गर्ने सम्वन्धमा महानगरपालिका र राष्ट्रिय बीमा संस्थान बीच संस्थानको प्रधान कार्यालय रामशाहपथमा एक सम्झौता भएको छ ।
सो सम्झौतामा काठमाडौं महानगरपालिकाको तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसँग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको उल्लेख गरे ।
संस्थानको तर्फबाट नायवमहाप्रवन्धक महेश रिमालले संस्थान आफूलाई समयानुकुल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बिमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको उल्लेख गरे ।
हस्ताक्षर समापन कार्यक्रममा आफनो भनाई राख्दै संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानले सवै दृष्टिबाट सुधार गर्दै जीवन बीमाको क्षेत्रमा प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित भई गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सो सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिकाका कानून विभाग प्रमुख बसन्त आचार्य र प्रशासन महाशाखा प्रमुख बखत साउद र राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण