दूतावासलाई बदनाम गराउन सुनियोजित भिडियो जारी गरियोः नेपाली दूतावास युएई
युएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै केही समयदेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले गरेको बताएको छ ।
केही समय अगाडी नेपाली दूतावास युएईको मुल गेटमा एक जना पिडित बाराका शिव वच्चन शाह रौनियारले कोरोनाका कारण आफू बिचल्लीमा परेको भन्दै दूतावासका कर्मचारीसँग असामान्य संवाद गरेको भिडियो खिचाएका थिए । उक्त भिडियो बिभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो ।
शिव वच्चन शाह रौनियार र उनिसँग समन्धित केही भिडियो तथा प्रकाशित समाचार प्रति दूतावासको ध्यानाकर्षण भएको विज्ञप्ति जनाएको छ । दूतावासले उक्त भिडियो दूतावासलाई बदनाम गर्ने उद्देश्य सुनियोजित भएको स्पष्टिकरण दिएको छ ।
पिडित रौनियारले आफ्नो समस्या दूतावासमा जानकारी गराए लगतै समन्धित कम्पनीसँग सम्पर्क गरि समस्या समाधानको पहल गरिएको, नेपाली समुदायको समन्वय खान र बस्नको प्रबन्ध गरेको, आवाससम्म जानको लागि यातायात खर्च र दूतावासले नै सवारी साधन समेत व्यवस्था गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।
नेपाल फिर्ताको लागि प्राथमिकताको आधारमा नामावली प्रकाशन भएको र हवाई टिकटको समेत दूतावासले व्यवस्था गरि नेपाल एयरलाइन्स मार्फत गत जुन २७ मा नेपाल फर्काउने तयारी गर्दा निज रौनियारको इमिग्रेसन समस्या भएर नेपाल फर्कन नसकेको तर दूतावासले आगामी ३० जुनमा नेपाल पठाउन लागेको विप्तिमा जनाएको छ ।
उल्लेखित कार्यहरु भइरहेको अवस्थामा पनि निज रौनियार दूतावासमा बारम्बार आई बिभिन्न खाले भिडियो बनाउने र गलत सन्देश प्रवाह हुने गरी भिडियो सार्वजनिक गर्ने कार्यप्रति दूतावासले दुःख व्यक्त गरेको छ । रौनियारले सो कम्पनी दुई–तीन दिन मात्र काम गरि छोडेको दूतावासले जनाएको छ ।
लामो समयसम्म समस्याग्रस्त भई नेपाल जानुपर्ने अवस्थामा भएका नेपालीहरुको संख्या युएईमा उल्लेख्य मात्रामा रहेको र कतिपय पिडितहरु दूतावासमानै आई आफ्नो समस्या राख्ने र उनीहरुलाई दूतावासले आवश्यक सहयोग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै गरि दूतावासले गत जुन १९ देखि २७ जुनसम्म विभिन्न ११ ओटा चार्टर फ्लाइटमार्फत एक हजार ८ सय ८९ जना नेपालीहरुलाई स्वदेश फर्काइ सकेको जनाएको छ । अझै यो कार्य निरन्तर हुने बताउँदै दूतावासले यस कठिन परिस्थितिमा युएईमा रहेका आफ्ना नागरिकहरुलाई सघाउन सदैव क्रियाशील रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण