विद्यालयमा क्वारेन्टिनः विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने
काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर पर्ने भएकाले विद्यालयभन्दा अन्य स्थानमा क्वारेन्टिन राख्न सुझाव दिइएको हो ।
हाल करीब २८ हजार सामुदायिक विद्यालयमध्ये चार हजार पाँच सयमा क्वारेन्टिन र ६४ मा आइसोलेशन कक्ष बनाइएको छ । कतिपय विद्यालयमा व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत थाहा नदिई स्थानीय पालिकाले आफूखुशी तथा जबर्जस्ती विद्यालयलाई क्वारेन्टिन बनाइएकामा चिन्ता व्यक्त गरिएको हो ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष नरेन्द्र डङ्गोल सरकारले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को विपरीत विद्यालयमा यस प्रकारको बोझ थप्न नहुने बताए । बालअधिकारकर्मी कृष्ण सुवेदीले विद्यालयको विकल्प खोजेर होटलहरुलाई क्वारेन्टिन बनाइएको भए बस्नेहरुलाई पनि सुविधा पुग्ने उल्लेख गरे ।
विपद्विज्ञ श्याम ज्ञवालीले सुरक्षित विद्यालयको अवधारणाबाट विद्यालयलाई क्वारेन्टिन बनाइनु गलत भएकाले यसबाट चौतर्फी रुपमा असर परेको उल्लेख गरे । महासङ्घका अध्यक्ष कृष्ण थापाले आफूहरुले विद्यालयमा क्वारेन्टिन नराख्न सुरुदेखि आग्रह गरेको र हाल निरन्तर विद्यालयमा क्वारेन्टिन बढ्न थाले पनि थप चिन्ता जाहेर गरिएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण