राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न क्वारेन्टिन स्थलमा खानेपानी वितरण
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।
कोरोना महामारीको अवस्थामा देश बाहिर रेहेका विभिन्न नागरिकहरुलाई उद्धार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिसके पछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको र उक्त होल्डिङ्ग सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाद्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भैरहेकोमा बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।
सो अवसरम बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ्ग सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउँदै आबश्यक पर्ने खानेपानी हस्तान्तरण गरिन् ।
हल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण