युएईबाट १ हजार ८ सय ८९ नेपाली स्वदेश फर्किए
युएई। संयुक्त अरब एमिरेट्स युएईमा कोरोनाका कारण समस्यामा परेका एक हजार ८ सय ८९ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुको स्वदेश फिर्तीका लागि बनाएको मापदण्ड अनुसार युएईबाट १ हजार ८ सय ८९ जना आफ्ना नागरिकहरुको उद्धार गरि स्वदेश फर्काइएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।
कोरोनाका कारण युएईमा समस्यामा परेका नेपाली नागरिकहरुको उद्धारका लागि जुन १९ देखि २७ सम्म विभिन्न एयरलाइन्सका ११ वटा चार्टड उडानमार्फत १ हजार ८ सय ८९ जना स्वदेश फर्किएका हुन्।
हिजो शनिबार एक वक्तव्य जारी गर्दै नेपाली दूतावास युएईले उडान प्रक्रिया जारी रहेको बताएको छ।दूतावासको केहि समय अगाडीको तथ्याङ्क अनुसार युएईमा कोरोनाका कारण समस्यामा परेका तीस हजार नेपाली नागरिकहरुले स्वदेश फर्कने फारम भरेका थिए। जसमध्य दूतावासले ४ हजार १ सय १० जनाको एकिकृत नामावली प्रकाशित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण