शीर्ष स्थानमा रियलको दुई अंकको अग्रता
एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । रियलको जीतमा कासिमेरोको एक मात्र गोल निर्णायक बन्यो । करिम बेन्जेमाको उत्कृष्ट ‘नो लुक’ पासमा गोल गर्दै कासिमेरोले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
ब्राजिललियन खेलाडी यसअघि पनि गोलको नजिक पुगेका थिए । आफ्नै हाफबाट गरेको प्रहारलाई गोलकिपर डिएगो लोपेजले बचाऊ गरेका थिए । एस्पानियोलले पनि गोलका लागि थुप्रै अवसर पाएको थियो । रियलका गोलकिपरले थियाबट कोर्टवाले पाँच वटा बचाऊ गर्न परेको थियो ।
शनिबार मात्र एस्पानियोलले नयाँ म्यानेजर पाएको थियो । अबेलार्डो फर्नान्डेजलाई बर्खास्त गर्दै एस्पानियोलले स्पोर्टिङका निर्देशक फ्रान्सिस्को रुफेटेलाई नयाँ म्यानेजर नियुक्त गरेको थियो । यो सिजन क्लबले तीन जना प्रक्षिकलाई बर्खास्त गरेको छ ।
साबिक विजेता बार्सिलोना शनिबार भएको खेलमा बराबरीमा रोकिएपछि अब रियल उपाधीबाट ६ जीत अथवा ५ जीत र एक बराबरी टाढा रहेको छ । उपाधि हात पारे सन् २०१२ पछि रियलको यो पहिलो लिग उपाधि हुनेछ ।
एथ्लेटिको म्याड्रिडले बिहीबार हुने बार्साबिरुद्धको खेलमा रियललाई थप मद्दत गर्न सक्नेछ । ३२ खेलपछि रियलको ७१ अंक रहेको छ भने बर्सा ६९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
अन्य खेलमा लेभान्तेले रियल बेटिसलाई ४–२, भिल्लेरियालले भ्यालेन्सियालाई २–० र ईबारले ग्रानाडालाई २–१ गोलअन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण