राजेश हमालको हाम्रो नमस्ते अभियानः ‘आउनुहोस् उहाँहरूलाई न्यानो स्वागत गरौं नमस्तेका साथ’
काठमाडौं– नेपाली रजतपटको दुनियाँमा एकछत्र राज गरेका महानायक राजेश हमालले विपदको बेलामा आफ्नो घर फर्किरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई दुई हात जोडी नमस्ते गरेर स्वागत गर्न सबैमा आव्हान गरेका छन् ।
कोरोना भाइरसको सन्त्रासले विश्व नै त्रसित भैरहेको अहिलेको अवस्थामा हजारौंको संख्यामा विदेशमा रहेका नेपालीहरु सुरक्षित हुने आशाका साथ आफ्नै घर फर्किरहेका छन् । यसरी फर्किरहेका नेपालीहरुलाई विभेदपूर्ण व्यवहार नगर्न अनुरोध गरेका छन् । र, उनले भनेका छन् ‘ढोका उभिएको छ जोडेर यही हात, नमस्ते गर्दै बारम्बार गरिरहन्छ स्वागत, जब घर बसाल्ने मनमा आउँछ कुरा एकताद्वारा मात्र हुनेछ सो सपना पुरा’ ।
यतिमात्र नभई उनले कोभिड १९ लाई लक्षित गरेर आफ्नो हात सफा राख्न र परिवारको लागि स्वच्छ मन राख्न पनि आग्रह गरेका छन् ।
युनिसेफ नेपाल र युनिलिभर नेपालको सहकार्यमा संचालित हाम्रो नमस्ते अभियानका सद्भावना दूत राजेश हमाल रहेका छन् । उन्को यो सहभागीता र आव्हानले नेपालीहरुमा आपसी भाइचारा, सद्भाव र सह्रृदयताको भावना संचार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यतिखेर हामी सबै अनिश्चितता र चुनौतीसँग जुधिरेहका छौं र यसबाट पार पाउन हामी सबैले सबैलाई हार्दिकता व्यक्त गर्नुपर्दछ । ऐक्यबद्धताको लागि जुट्ने यो समयमा आउनुहोस्, घर फर्किएका आप्रवासी कामदारहरुको पक्षमा एक भएर उनीहरुको हौसला बढाऔं ।
https://www.facebook.com/100006145989198/videos/2661139294100911/
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल
-
पेसागत भविष्यमाथि कुठाराघात नगर्न राहत शिक्षकहरूको चेतावनी
-
फोडेन प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित
-
राजा दिव्यचन्द्र र रानी बिर्सिकाको कथा
-
कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ