राजेश हमालको हाम्रो नमस्ते अभियानः ‘आउनुहोस् उहाँहरूलाई न्यानो स्वागत गरौं नमस्तेका साथ’
काठमाडौं– नेपाली रजतपटको दुनियाँमा एकछत्र राज गरेका महानायक राजेश हमालले विपदको बेलामा आफ्नो घर फर्किरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई दुई हात जोडी नमस्ते गरेर स्वागत गर्न सबैमा आव्हान गरेका छन् ।
कोरोना भाइरसको सन्त्रासले विश्व नै त्रसित भैरहेको अहिलेको अवस्थामा हजारौंको संख्यामा विदेशमा रहेका नेपालीहरु सुरक्षित हुने आशाका साथ आफ्नै घर फर्किरहेका छन् । यसरी फर्किरहेका नेपालीहरुलाई विभेदपूर्ण व्यवहार नगर्न अनुरोध गरेका छन् । र, उनले भनेका छन् ‘ढोका उभिएको छ जोडेर यही हात, नमस्ते गर्दै बारम्बार गरिरहन्छ स्वागत, जब घर बसाल्ने मनमा आउँछ कुरा एकताद्वारा मात्र हुनेछ सो सपना पुरा’ ।
यतिमात्र नभई उनले कोभिड १९ लाई लक्षित गरेर आफ्नो हात सफा राख्न र परिवारको लागि स्वच्छ मन राख्न पनि आग्रह गरेका छन् ।
युनिसेफ नेपाल र युनिलिभर नेपालको सहकार्यमा संचालित हाम्रो नमस्ते अभियानका सद्भावना दूत राजेश हमाल रहेका छन् । उन्को यो सहभागीता र आव्हानले नेपालीहरुमा आपसी भाइचारा, सद्भाव र सह्रृदयताको भावना संचार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यतिखेर हामी सबै अनिश्चितता र चुनौतीसँग जुधिरेहका छौं र यसबाट पार पाउन हामी सबैले सबैलाई हार्दिकता व्यक्त गर्नुपर्दछ । ऐक्यबद्धताको लागि जुट्ने यो समयमा आउनुहोस्, घर फर्किएका आप्रवासी कामदारहरुको पक्षमा एक भएर उनीहरुको हौसला बढाऔं ।
https://www.facebook.com/100006145989198/videos/2661139294100911/
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण