राष्ट्रिय वाणिज्य बैंकद्वारा केयर रेटिङस्मा ए प्लस प्राप्त
सोमबार, १५ असार २०७७, १८ : ३२
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङस् नेपालद्धारा गरिएको रेटिङस्मा ए प्लस (CARE-NP A+) रेटिङस् प्राप्त गरेको छ ।
केयर रेटिङस्मा ए प्लस रेटिङस्ले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५/०७६ मा सबैभन्दा बढी पांच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आ.व. २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।
हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण