राष्ट्रिय वाणिज्य बैंकद्वारा केयर रेटिङस्मा ए प्लस प्राप्त
सोमबार, १५ असार २०७७, १८ : ३२

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङस् नेपालद्धारा गरिएको रेटिङस्मा ए प्लस (CARE-NP A+) रेटिङस् प्राप्त गरेको छ ।
केयर रेटिङस्मा ए प्लस रेटिङस्ले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५/०७६ मा सबैभन्दा बढी पांच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आ.व. २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।
हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा किशोरीले गरे युवकमाथि चक्कु प्रहार, किशोरी प्रहरी नियन्त्रणमा
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज