बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के होला निर्णय ?
सोमबार, १५ असार २०७७, १८ : ५५
काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठक साँझ ६ बजेदेखि सुरु भएको हो ।
बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने थप कदमका विषयका साथै हवाइ सेवा सञ्चालनका विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि आजै कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक बसेको थियो भने बैठकले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।
सीसीएमसीको बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकले आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्जा लगानीमा बैंकहरू आक्रामक : चैतमा मात्र ५० अर्ब ५५ करोड प्रवाह
-
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
-
समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
-
लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो
-
विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
-
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित