बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के होला निर्णय ?
सोमबार, १५ असार २०७७, १८ : ५५
काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठक साँझ ६ बजेदेखि सुरु भएको हो ।
बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने थप कदमका विषयका साथै हवाइ सेवा सञ्चालनका विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि आजै कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक बसेको थियो भने बैठकले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।
सीसीएमसीको बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकले आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण