कलाकार गिरीलाई राता मकैको सम्मान
काठमाडौं । वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी सम्मानित भएकी छन् । हास्यकलाकार अभिनेता किरण केसी (ए राता मकै) ले आज (असार १५) आफ्नो जन्मदिनको अवसर पारेर गिरीलाई सम्मान गरेका हुन् । ४ दशक बढी समयदेखि अभिनयमार्फत नेपाली चलचित्र, टेलीचलचित्र, नाट्यक्षेत्रमा योगदान पुर्याएको भन्दै गिरीलाई नगद १० हजार रुपैयाँ राशी सहितको ‘हास्यब्यङ्ग्य कलाकार योगदान सम्मान’ प्रदान गरिएको हो ।
सोही अवसरमा पत्रकार तथा चलचित्र निर्देशक डब्बु क्षेत्रीलाई पनि नेपाली कलाक्षेत्रमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै सम्मान गरियो । क्षेत्रीलाई पनि १० हजार रुपैयाँ राशीसहित सम्मान दिइएको हो ।
आफ्ना दिवंगत हजुरबुबा भोजराज केसी, हजुरआमा ऋदयकुमारी केसी, बुबा दुर्गाबहादुर केसी र आमा इन्द्रकुमारी केसीको सम्झनामा ७ वर्षअघि स्थापित सम्मान कलाकार केसीले यस अगाडि हरेक वर्षको असार १५ मा पर्ने जन्मदिनमा एक भव्य कार्यक्रम गर्दै प्रदान गर्ने गर्दथे । यो वर्ष कोरोनाको कहरका कारण उनले कार्यालयमै केही ब्यक्तिको उपस्थितिमा सम्मान प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण