स्वरा भास्करमाथि कंगना रनौतको पोखियो रिसः करन जोहरको पक्ष लिँदा खेपिन् कटाक्ष
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा फैलिएको नातावाद र परिवारवादको विषयमा अत्यधिक चर्चा भइरहेको छ । नायिका कंगना रनौतले पनि यो समूहवाद र परिवारवादविरुद्ध मोर्चा खोलेकेी छिन् । यसैबीच फिल्म निर्माता करन जोहरको पक्ष लिएर नायिका स्वरा भास्कर समस्यामा घेरिएकी छिन् ।
कंगना रनौत पछिल्ला केही दिनदेखि करन जोहरसहित स्टारकिड्समाथि निशाना साँध्ने कुनै मौका छोडेकी छैनन् । तर अब स्वरा भास्कर उनको एक ट्वीटका कारण कंगनाको रिसको शिकार भएकी छिन् । मानिसहरुले उनलाई पहिले नै ट्रोल गरिरहेका थिए तर कंगनाले त उनलाई सिधै ‘चाप्लुसी’ भनिन् ।
नायिका स्वराले हालै एउटा पोस्टमा कसैको मृत्युा लागि इन्डष्ट्रिका मानिसहरुलाई जिम्मेवार देखाउनु सही नभएको बताएकी थिइन् । तर उनको यो कुरामा कंगनाले उनलाई राम्रै पाठ पढाइन् । यसै पोस्टमा कंगनाले उनीमाथि निशाना साँध्दै भनिन्, ‘स्वरा चाप्लुसी गर्नु अघि सुरुमा यो कुरा ध्यानमा राख कि कंगनाले अत्यधिक अनुरोध गरेपछि कार्यक्रममा भाग लिएकी थिइन् । उनी एक सुपरस्टार हुन् र करण जोहर तलब खाने एक प्रस्तोतकर्ता । च्यानलले चाहेको खण्डमा करनले कुनै पनि कुरा हटाउन चाहँदैनन् । र उनको आवाज मानिसहरुमाझ पुग्नलाई करन जोहर नै चाहिन्छन् भन्ने छैन ।’
मानिसहरुको अत्यधिक विरोध पछि स्वराले आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण