अजोड इन्स्योरेन्सको आईपीओ असार २५ गतेबाट खुल्ने, १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिने
अजोड इन्स्योरेन्सले असार २५ गतेबाट ३० करोड रुपैयाँको आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । अजोडले जारी गर्न लागेको कुल ३० लाख कित्ता आईपीओमध्ये ४५ प्रतिशत (१ लाख २० हजार कित्ता ) कर्मचारीलाई र ५५ प्रतिशत (१ लाख ५० हजार कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
यस इन्सुरेन्सको आइपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन पाइनेछ । यस इन्सुरेन्सको आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण