युवकको शङ्कास्पद मृत्यु
शुक्रबार, १९ असार २०७७, ०९ : ४२
चितवन – पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
उनलाई प्रहरीले अस्पताल ल्याएलगत्तै मृत घोषणा गरिएको थियो । उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ ।
खनालको मृत्यु शङ्कास्पद देखिएकाले थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण