धनुषामा दुई दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला
शुक्रबार, १९ असार २०७७, १२ : ३६
जनकपुर । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थाकी १० वर्षीया बालिका कन्चनकुमारी शुक्रबार बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् ।
स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
परिवारले बालिका बेपत्ता भएसँगै खोजबिन गर्दा कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण