चोरी भएका २० वटा मोटरसाइलक फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रहरीले विभिन्न स्थानबाट चोरी भई फेला परेका २० थान मोटरसाइकल तथा स्कुटरहरु आइतबार पत्रकार सम्मेलन गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । वरिष्ठ प्रहरी उपरीक्षक एवं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी परेको आधारमा विभिन्न समयमा चेकजाँचको क्रममा र केही स्थानमा बेबारिसे अवस्थामा रहेको अवस्थामा फेला परेको बताए । उनले ती मोटरसाइकल तथा स्कुटरहरुको धनी खोजतलास गर्दा चोरी भएको पाइएको बताए ।
उनले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित धनी पत्ता लगाई आज (आइतबार) हस्तान्तरण गरिएको बताए । चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताए ।
लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकलहरु चोरी भएको पाइएको ज्ञवालीले बताए । उनले काठमाडौं उपत्यकामा चक्रपथ भन्दा बहिरको क्षेत्र र सार्वजनिक पार्किङबाट मोटरसाइकल चोरी भएको तथा हराएको उजुरी सबैभन्दा धेरै परेको जानकारी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण