लिभरपुल जित्दा सिटी स्तब्ध
एस्टन भिल्लालाई हराउँदै लिभरपुलले घरेलु मैदानमा लगातार १७ औँ जीत हासिल गर्न सफल भएको छ । आइतबार भएको खेलमा लिभरपुल २–० गोलअन्तरले विजयी भएको हो ।
दोस्रो हाफमा साडियो माने र कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई जीत दिलाए । जीतपछि लिभरपुलको ८९ अंक पुगेछ । म्यान्चेस्टर सिटीको एक सिजनमा १ सय अंकको कीर्तिमानलाई तोड्न अब बाँकी ५ खेलबाट लिभरपुललाई १२ अंक चाहिएको छ ।
लिभरपुलले खेलमा पहिलो गोल गरेपछि पछिल्ला ३४ प्रिमियर लिग खेलहरु जितेको छ । त्यस्तै, टोली आफ्नो घरेलु मैदानमा पछिल्ला ५७ लिग खेलमा अपराजित रहेको छ ।

उता, पछिल्लो लिग च्याम्पियन बनेको लिभरपुललाई हराएर उत्साहित बनेको सिटी भने साउथ ह्याम्पटनसँग पराजित भएको छ । ४० यार्ड टाढाबाट चे एडम्सले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो ।
सिटीका म्यानेजर पेप ग्वार्डिओलाले आफ्नो म्यानेजरको करियरमा घरेलु मैदानबाहिर लगातार तीन खेल हारेको यो पहिलो पटक हो । सिटीले यो सिजन ९ खेल हारिसकेको छ । यसअघि सिटीले सन् २०१५–१६ सिजनमा सर्वाधिक १० खेल हारेको थियो ।
अन्य खेलमा बर्नली र सेफिल्ड युनाइटेड, न्युक्यासल युनाइटेड र वेस्ट ह्याम युनाइटेडले बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण