ओली–प्रचण्ड ‘वान टु वान’ : छलफललाई निरन्तरता दिने, भोलिको स्थायी समिति नरोक्ने
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
मंगलबार झण्डै चार घण्टा भएको ओली र प्रचण्डबीचको छलफल सोमबारकै निरन्तरता भएको र भोलि पुनः बस्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
‘छलफललाई निरन्तरता दिने र भोलिको स्थायी समिति बैठक पनि बस्ने सहमति भएको छ’, सापकोटाले रातोपाटीसँग भने,‘ सौहार्दपूर्ण कुराकानी भएको भन्ने बुझिएको छ तर कुनै सहमति भएको छैन ।’
उनले भोलिको स्थायी समिति बैठक अघि वा पछि कुनैपनि समयमा दुई नेताबीच छलफल हुनसक्ने बताए । नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक २ पटक स्थगित भैसकेको छ ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनमा दिनुपर्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण