ज्योती मगरले भनिन्– ‘राम्रोसँग सुत्न नसकेको ५,७ वर्ष भयो’
काठमाडौं । गायिका ज्योती मगरले आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो समस्या राखेकी हुन् । बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आफ्ना समस्याहरु राख्न थालेका छन्् । सोही क्रममा ज्योतीले सुत्न नसकेको समस्या राखेकी हुन् ।
‘बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि आफूलाई सामाजिक सञ्जालमा केही समस्या भए शेयर गर्न विभिन्न व्यक्तिले आग्रह गरेका छन्’ ज्योती भन्छिन् ‘कति धेरै समस्या छन् । जो समाधान भइरहेको छैनन् । तर म भन्न सकिरहेको छैन ।’
समस्या राख्दा अभिनेत्री शिल्पा पोखरेलको कानको जाली फुटेको कान्ड जस्तै फेसबुकको रैला मात्र हुने डर भएको बताएकी ज्योतीले बाहिर ल्याउँदा ठुलो समस्या आयो भने के गर्ने भन्ने प्रश्न समेत उठाएकी छन् ।
उनले अगाडि लेखेकी छन्– ‘सायद मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला । प्यार प्यारा दिदी बहिनीहरु तपाइहरु पनि म जस्तै निद्रासँग सम्झौता गर्नुभएको छ भने आउनुहोस् । मेरो इनबक्समा दुःख सुखका कुरा गरौं । भन्न नसकेको कुराहरु एक अर्काेसँग साटेर बेस्सरी आँशु झारौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण