ग्लोबल आईएमई बैंकका सीईओ कुँवरले दिएको राजीनामा स्वीकृत
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवरको राजीनामा स्वीकृत भएको छ । साउन १ गतेबाटै लागू हुने गरी उनी पदमुक्त हुनेछन् ।
बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको हो । सीईओ कुँवरले आफ्नो समयावधिभर काम गर्ने इच्छा भएपनि विविध कारणले राजीनामा दिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले फेसबुक स्ट्याटस लेख्दै भनेका छन्, ‘म मेरो रोजÞगार सम्झौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्त सम्म नै काम गरेर बैकिङ क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालिन कामबाट अवकाश लिन चाहन्थेँ तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुँदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगीभरी मेहनत गर्ने र मेहनतको फल बापत जे पाएँ त्यसैमा चित्त बुझाएँ । तर मेरो यो
आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पीडा हुनेछ ।’
अगाडि जनता बैंक ग्लोबल आइएमईमा मर्ज भएपछि उनी सीईओ बनेका थिए । एक महिना अगाडि दिएको राजीनामा बोर्डले स्वीकृत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण