ओखलढुंगामा पुनः १ जनामा कोरोना संक्रमण पुष्टि
ओखलढुंगा । ओखलढुंगाका थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । केही समयअघि साउदीबाट आएर ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा रहेका सुनकोशी गाउँपालिका ५ का २४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टी भएको हो । मंगलबार पीसीआर परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
गत आईतबार जिल्लाका विभिन्न क्वारेन्टिनमा रहेका २१ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएका मध्ये एकजनामा मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । अन्य २० जनाको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टी भएका ती युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई उपचारका लागी ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने तयारी गरिएको तिवारीको भनाई छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । तीमध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।
यसैबीच संक्रमित ती युवक साउदीबाट ६ गते चतरामा आएर ७ गते एम्बुलेन्समार्फत सिधै ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा आएर बसेको पाइएको छ । संक्रमितको कन्ट्रयाक ट्रेसिङका क्रममा उनीसँग सोलुखुम्बुका अन्य ४ जना युवाहरु समेत सँगै आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण