छुट्टाछुटै स्थानमा दुई जनाको शव फेला
सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका–२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।
आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको र घर फर्की नआएको कारण खोजतलास गर्ने क्रममा खोला छेउमा यादव मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए ।
यस्तै सिरहाको मिर्चैया नगरपालिका–९ बतहाखोलामा तत्काल सनाखत नभएको एक पुरुषको शव फेला परेको छ । खोलाको पश्चिम साइडमा अन्दाजी ४० वर्षीय सो पुरुषको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सो शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको प्रहरी उपरीक्षक पञ्जीयारले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण