पहिरोले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि भेटिएनन्
तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिरो ले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिरो ले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ ।
पहिरो ले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ । सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ ।
प्रहरी उपरीक्षक पौडेलका अनुसार बेपत्ता भएकाको खोजीकार्यका लागि स्काभेटर पनि प्रयोग गरिएको छ । “बेपत्ता भएकाको खोजीकार्यका लागि निरन्तर लागिपरेका छौँ, तैपनि उनलाई फेला पार्न सकिएको छैन”, पौडेलले भने ।
पहिरो ले पुरिएर उनकै आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको निधन भएको थियो । बुबा ५० वर्षीय केशव थापा भने घाइते छन् । उनको पोखरामा उपचार भइरहेको छ । पहिरो ले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका ११ जनाको मृत्यु भएको छ भने तीन घाइते छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण