कोरोनाद्वारा संक्रमित अमिताभ बच्चनले गरे अस्पतालबाट पोस्ट, यी ६ काम नगर्न सुझाए
कोभिड–१९ अर्थात् कोरोनाभाइरसद्वारा संक्रमित भएपछि अमिताभ बच्चन नानावती अस्पताल भर्ना भएका छन् । अस्पतालमा रहँदा पनि उनी सोसल मिडियामार्फत् आफ्ना प्रशंसकसँग टचमा छन् र उनलाई लगातार अपडेट दिइरहेका छन् । उनले आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा संस्कृतको श्लोक पोस्ट गरेका छन् ।
सेयर गरे ज्ञानको कुराः
अमिताभले आफ्नो एउटा तस्बिर पोस्ट गर्दै ज्ञानको कुरा साझा गरेका छन् । उनले फोटोको क्यापसनमा लेखेका छन्, ‘यस्ता व्यक्ति जो इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, रिसाहा, सधैं शंका गर्ने वा अरुको भरमा बाँच्ने यस्ता ६ प्रकारका मानिसहरु सधैं दुःखी हुन्छन् । यस्ता कामबाट टाढै हुनुपर्छ ।’
यसअघिको पोस्टमा अमिताभले आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका थिए । अमिताभ बच्चनसहित अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अमिताभसँगै अस्पतालमा छन् । यता ऐश्वर्या राय र आराध्या भने होम क्वारेन्टिनमा छन् । जया बच्चनको कोरोनाको परीक्षण नेगेटिभ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण