शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा १५ भारतीय नागरिकमा कोरोना भेटियो

बिहीबार, ०१ साउन २०७७, १७ : ३०
बिहीबार, ०१ साउन २०७७

-रामहरि श्रेष्ठ 
ओखलढुंगा । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाईनको विद्युत विस्तारका लागी आएका १५  भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएकोे छ । जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना नागरिकहरुमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वस्थ्य कार्यलय ओखलढुंगामा प्रमुख सुमन तिवारीले बताए ।

केही दिनअघि उनीहरुसहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टी भएको तिवारीको भनाई छ । उनीहरु सबैलाई बिहिबार आज नै कारोना अस्थाई अस्पताल विराटनगरमा उपचारका लागी पठाइएको छ । ती भारतीय नागरिकहरु गत चैत्र २८ गतेदेखी विद्युत विस्तारको काममा खटिरहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप