काभ्रेमा यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ
काभ्रे । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई आज बिहान अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका साँगाबाट प्रक्राउ गरेको छ ।
“काठमाडौँ उपत्यका प्रवेशका क्रममा जाँच गर्दा नक्कली बिरामी बनाएर यात्रु बोकेको पाएपछि एम्बुलेन्सका चालक महतोलाई पक्राउ गरिएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भने, “एम्बुलेन्समा चालकसमेत आठ जना सवार थिए । सबैलाई सोधपुछ गर्दा कोही पनि बिरामी नभएको पाइएपछि एम्बुलेन्स चालकलाई पक्रिएको हो ।” चालक बाहेकका यात्रु र एम्बुलेन्सलाई सर्लाहीतर्फनै फर्काएइको उनले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा महतोले सर्लाहीबाट ती यात्रुलाई काठमाडौँसम्म लगिदिने सर्तमा रु १४ हजार भाडा लिएको खुलेको प्रहरीले जनाएको छ । महतोलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद-५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भई हिरासतमा राखेर थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण