रिया चक्रवर्तीले गृहमन्त्रीलाई भनिन्, ‘म सुशान्तकी प्रेमिका तपाईंसँग हात जोडेर बिन्ति गर्छु’
सुशान्त सिंह राजपूत आत्महत्या मुद्दामा सीबीआई अनुसन्धानको माग गर्नेमा नायिका रिया चक्रवर्तीको नाम पनि जोडिएको छ । रियाले यस सम्बन्धमा दुईवटा ट्वीट गरेकी छिन् र गृहमन्त्रीलाई यो मामिलामा दखल दिन अपिल गरेकी छिन् । ट्वीटमा उनले आफूलाई स्पष्ट रुपमा सुशान्तकी प्रेमिका बताएकी छिन् ।
रियाले आफ्नो ट्वीटमा लेखेकी छिन्, ‘आदरणीय अमित शाह सर । म सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती । उनको अकस्मात् निधन भएको एक महिना बितिसकेको छ । मलाई सरकारमा पूर्ण विश्वास छ । यद्यपि, न्यायको हितमा म हात जोडेर यो मामिलामा तपाईंलाई सीबीआई अनुसन्धानका लागि अनुरोध गर्न चाहन्छु । म यो मात्र बुझ्न चाहन्छु कि त्यस्तो के दबाब थियो जसका कारण सुशान्तले यस्तो कदम उठाए ।’

यता प्रहरीले रिया–सुशान्तको सम्बन्धबारे अनुसन्धान गरिरहेछः
ताजा रिपोर्टलाई विश्वास गर्ने हो भने मुम्बई प्रहरीले रिया चक्रवर्तीको लेनदेनको अनुसन्धान गरिरहेको छ । प्रहरी अनुसन्धानमा रियाले सुशान्तको पैसा खर्च गरिरहेको प्रमाण भेटिएको बताइएको छ । प्रहरीले उनले कति पैसा गरेकी छिन् भनेर पत्ता लगाउन खोजिरहेको छ । यसका लागि सुशान्तकी दिदी मीतूलाई सोधपुछका लागि बोलाउन सकिनेछ । प्रहरीले उनीसँग सुशान्तको नीजि जीवन विशेषगरी चक्रवर्तीसँग उनको सम्बन्धबारे जान्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

