नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित
शुक्रबार, ०२ साउन २०७७, ११ : ०७
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मक लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सुर्य थापाले केहीबेर अघिमात्रै जानकारी गराएका छन् ।
११ बजेको स्थायी समितिका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलका लागि समय अभाव भएपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको थापाले जानकारी दिए ।
अहिले बालुवाटारमा ओली प्रचण्डबीच वार्ता जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण