लमजुङमा थपिए २२ संक्रमित
शुक्रबार, ०२ साउन २०७७, १५ : १०

पोखरा । लमजुङमा एकैदिन कोरोनाका २२ नयाँ केस थपिएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२७८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको मस्र्याङ्दी, दोर्दी, राइनास, दुधपोखरी, बेशींसहर र क्होलासोथरमा गरि २२ नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार मस्र्याङ्दीमा ६ पुरुष, दोर्दीमा ४, राइनासमा ६ पुरुष, २ महिला । यसैगरी, दुधपोखरीमा १ पुरुष, बेशिँसहरमा २ र क्होलासोथरमा १ जना पुरुष संक्रमित थपिएका छन् ।
संक्रमित २२ जनाकै रिपोर्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको थियो । संक्रमित २२ जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेकोछ । आज मात्रै गण्डकीमा ४७ संक्रमित थपिएका छन् । यसअघि स्वास्थ्य निर्देशनालय गण्डकीले तनहूँ र नवलपुरमा गरि २५ संक्रमित थपिएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’