चीनको यो शहर ‘युद्धको स्थिति’ मा किन भयो ?
कोरोनाभाइरस संक्रमणको बढ्दो मामिलापछि चीनको पश्चिम शिजियाङ क्षेत्रको राजधानी उरुमचीलाई ‘युद्धको स्थिति’ मा भएको इलाकाको रुपमा घोषणा गरिएको छ ।
शनिबार १७ नयाँ संक्रमित पाएपछि मानिसहरुको आवतजावतको विषयमा अधिकारीले कडा कदम उठाएका छन् ।
यद्यपि, यो संख्या कम छ र गत वर्ष ऊहान शहरमा कोभिड–१९ महामारीको सुरुवात पछि चीनमा खासै संक्रमितको संख्या यसरी ह्वात्तै बढेको पनि छैन ।
चीन यतिबेला कोभिड–१९ को संक्रमण र यसका कारण भएको मृत्युको मामिलामा संसारको शीर्ष २० देशमा पनि समावेश छैनन् ।
जोन होपकिन्स विश्वविद्यालयका अनुसार चीनमा संक्रमितको संख्या ८५ हजार रहेको छ भने ४ हजार ६ सयको मृत्यु भएको छ ।
शिजियाङ विशेषगरी विगर मुसलमान र अन्य टर्की अल्पसंख्यकको बसोबास थलो हो । साथै यहाँ सरकारको कडा नियन्त्रण छ । यसको राजधानी उरुमचीको जनसंख्या ३५ लाख छ ।
ताजा संक्रमितको संख्या बुधबार भेटिएको हो । यो क्षेत्रमा थुप्रै महिनापछि संक्रमित भेटिएका हुन् । तत्पश्चात्, शहरबाट आवतजावत गर्ने सबै उडानलाई बन्द गरिएको छ । सबवे सेवा पनि रद्द गरिएको छ ।
शनिबार अधिकारीले १७ संक्रमित भेटिएका छन् । एक अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘पूरा शहर युद्धकालीन स्थितिमा प्रवेश गरिक़सकेको छ र सबै प्रकारको सामूहिक गतिविधिलाई रद्द गरिएको छ । ’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण