स्पेनमा पुनः बढ्यो संक्रमणको खतरा, लगाइए नयाँ प्रतिबन्ध
स्पेनको उत्तर–पूर्वी इलाका क्याटलोनियामा थुप्रै प्रतिबन्ध बीच एकपटक पुनः एक दिनमा हजार बढी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य विभागले यस हप्ता संक्रमितको संख्यामा भएको वृद्धिलाई रोक्ने कोसिस गरिरहेको छ । यसकारण बार्सिलोनामा ४० लाख व्यक्तिलाई १५ दिनसम्म घरमा बस्न आग्रह गरिएको छ ।
क्याटलोनिया स्पेनमा सबैभन्दा बढी कोरोना प्रभावित इलाकामा समावेश छ ।
उता स्पेनमा कोरोनाको बढ्दो संक्रमण देखिएपछि छिमेकी देश फ्रान्सले देशको सीमा बन्द गर्नेबारे एकपटक पुनः विचार गर्नुपर्ने बताएको छ ।
स्पेनमा हालसम्म २.६ लाख संक्रमित भेटिएको छ जसमध्ये २८ हजार ४ सय व्यक्तिको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा क्याटलोनयामा ११ सय २६ संक्रमित भेटिएका छन् । यीमध्ये ८ सय ९४ संक्रमित बार्सिलोनामा छन् । यहाँ नाइट क्लब र जम बन्द हुनुका साथै रेष्टुरेन्ट र बार आदिमा प्रतिबन्ध लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण