आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सोमबारको मौसम पूर्वानुमान

सोमबार, ०५ साउन २०७७, १० : ०९
सोमबार, ०५ साउन २०७७

काठमाडौं – अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ। 

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा आइतबार साँझदेखि मौसम थप सक्रिय भएको मौसम विभागले जनाएको छ ।  

आज दिनभर भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

राति भने देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । 

हिजो रातिदेखिको अविरल वर्षाका कारण नदीको सतहसमेत बढ्नसक्ने हुँदा सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अनुरोध गरेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप