राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा वार्षिकोत्सवको अवसर पारी बृक्षारोपण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३१औं वार्षिकोत्सव बृक्षरोपण गरी मनाइएको छ ।
कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरेका छन् ।
त्यसैगरी, दरबारमार्ग परिसर कार्यालयमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दिनेश न्यौपानेले पनि संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षारोपण गरिएको थियो ।
संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन पनि गरेका छन् ।
यसैगरी, सो अवसरमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण पनि गरिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्देश्यले २०४७ साउन ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो । साउन ६ गतेको दिन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ट्रेड युनियन आन्दोलनको विधिवत रुपमा शुरुवात भएको दिन पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण