राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा जारी
सप्तरी । सप्तरीको राजविराज नगरक्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । मंगलबार लकडाउन घोषणा गरेको नगरक्षेत्रमा बुधबार स्वास्थ्यकर्मीसहित १ दर्जनभन्दा बढीमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले बिहिबार विहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञाको घोषणा गरेको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बिहिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बुधबार राजविराज नगरपालिका वडा नम्बर २ बस्ने ३१ वर्षीय युवक, वडा नम्बर ३ बस्ने ६३, ३२ र २३ वर्षीय पुरुष, वडा नम्बर ६ बस्ने ३२ र ३६ वर्षीया महिला एवम् ४० र ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको छ । त्यस्तै वडा नम्बर ७ बस्ने २० वर्षीय युवक र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण फेला परेको गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालले जनाएको छ । उता, सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ बस्ने एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै,गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाईसमेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्स र एक स्वीपरमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए ।
राजविराजका एक जना व्यवसायीको केही हप्ताअघि कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनका परिवारका ५ जना तथा उनको पसलमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सप्तरीमा बुधबारसम्म कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ सय १० जना निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण