के मस्तिष्क पनि बिरामी हुन्छ ?
एजेन्सी – विश्वव्यापी कोरोनाभाइरसका कारण विश्वभरी नै लकडाउन जारी गरिएको छ । लकडाउनका कारण थुप्रै व्यक्तिहरु डिप्रेशनको शिकार भएका पछिल्लो तथ्याकंले देखाएको छ । भारत, नेपाल लगायतका मुलुकमा डिप्रेशनका बिरामीको संख्या ह्वात्तै बढेको पाइएको छ । के दिमाग बिरामी भएर मानिसहरुमा डिप्रेशन भएको हो त ? के दिमाग पनि बिरामी हुन्छ त ?
शरीरका अन्य अंगहरु जस्तै मस्तिष्कमा पनि समस्याहरु आउन सक्छ । जुन पछि गएर मानसिक रोगको रुपमा विकसित हुन्छ ।
‘के तपाईं खुशी हुनुहुन्छ ?’ विषयक गोष्ठीमा मनोवैज्ञानिक चिकित्सक निवेदिता सिंहले मानसिक बिरामीको सम्बन्धमा बताएकी छिन् । उनले मानसिक बिरामीको विषयमा धेरै मानिसहरुले स्वीकार नगर्ने बताएकी छिन् । तर, हाम्रो अगाडि यस्ता चुनौतिहरु आइपर्छन् जसले दिमागमा सिजोफ्रेनिया, डिप्रेशन, बाई पोलर, अत्यधिक चिन्ता जस्ता रोगहरु लगाउँछ । यस्तो अवस्थामा मनोवैज्ञानिक सल्लाहको आवश्यकता पर्छ ।
उनले अगाडि भनिन्, ‘आजभोलि मानसिक स्वास्थ्य र मनोरोगलाई लिएर विभिन्न भ्रमहरु पैदा भएका छन् । तर, मानिसहरु शरीरको अन्य अंगजस्तै मस्तिष्क पनि बिरामी हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण