तालिवान लडाकूको आक्रमण विफल, १३ जना गैर-अफगानीसहित ३१ को मृत्यु
एजेन्सी । अफगानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी तालिवान लडाकूतर्फ ३१ जनाको मृत्यु भएको छ । रक्षा मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नान्गाहर प्रान्तमा बुधबार भएको घटनामा परी अरु १५ जना घाइते भएका छन् ।
“देशको खोग्यानी जिल्लामा पर्ने क्वेल्घोमा रहेको सुरक्षा चौकीमा बुधबार अबेर आक्रमण हुन थालेको सूचना अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले पहिले नै पाएको थियो । त्यसैले आक्रमणकारीहरुलाई विफल बनाउन सुरक्षाकर्मीहरु सफल भए,” मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
भिडन्तका क्रममा विभिन्न प्रकारका दश सवारी साधनहरु पनि नष्ट भएको मन्त्रालयले जानकारी दिएको छ । यस पहाडी प्रान्तमा धेरै बर्षदेखि बेला बेलामा यस्तै ठूला भिडन्तका घटनाहरु हुदै आएका छन् । अहिलेको घटनामा परी मारिएकामध्ये १३ जना गैह्र अफगानी नागरिक रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।
अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै अमेरिका र तालिवान लडाकू समूहका बीचमा गत फेब्रुअरीमा दोहामा शान्ति सम्झौता भएको थियो । सम्झौतामा हिंसात्मक क्रियाकलाप नगर्ने र तालिवान समूहले विदेशी लडाकूहरुसँगको सम्वन्ध त्याग्ने उल्लेख गरिएको थियो । तर पनि तालिवान लडाकूहरुले अन्तर्राष्ट्रिय सम्वन्ध नतोडेको अधिकारीहरुले बताएका छन् । शान्ति सम्झौता भएदेखि नै अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीसहितका नेताहरुले पनि हिंसात्मक क्रियाकलाप रोक्न लगातार पटक पटक माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण