कोरोनाभाइरसः जोखिमपूर्ण काठमाडौं !
काठमाडौं – काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ ।
बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना चिया पसलहरुमा चिया चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किसकेको छ । ठूला क्याफेहरु पनि भरिभराउ हुन थालेका छन् ।
बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरुमा मानिसहरुको घुइँचो थियो ।
पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन् । पसलेहरुलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको पाइन्छ ।
धेरैले सरकारले जारी गरेको मापदण्ड पनि पूरा गरेका छैनन् । जसले गर्दा उपत्यकामा जोखिम बढ्दो देखिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण