वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएकी युवतीको मृत्यु
शुक्रबार, ०९ साउन २०७७, १९ : १५
काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमतको आशंका गरिएकी एक युवतीको मृत्यु भएको छ ।
बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिएका हुन् ।
नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो ।
ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।
आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ ।
पखाला र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या रहे छ, डाक्टर सिंहले भने, पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आईसकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण